हे बाबा! तिम्रा पनि त गुनासाका पोका होलान् नि हगि, कति दु:ख गरेर...

@meVeekay
skywalker@meVeekay
5 views Sep 11, 2026 ~6 min read
Advertisement
1
हे बाबा! तिम्रा पनि त गुनासाका पोका होलान् नि हगि, कति दु:ख गरेर घरखर्च जोहो गरेउ... केवल भान्सा धानेर बसेकी आमाले तिम्लाइ ओझेलमा पारिन्।
2
बिहानै बन्चरो काँधमा हालेर जङ्गल जान्थ्यौ... तिम्ले चिरेका दाउराले आमाले खाना पकाउँथिन्! आमाले मिठो पकाएको देखें तर तिम्रो गुन देखिन बाबा।
3
रुखका टुप्पामा चढेर डाला काट्थ्यौ, आमाले भुइँमा बसेर बटुल्थिन्.. हाँगो भाँच्चिएर लड्दा तिम्लाइ पनि दुख्दो त हो नि! तर तिम्रो गुन देखिन बाबा।
4
राति कोही आए भित्र छोडेर तिमी बाहिर जान्थ्यौ... आमाले भित्रभित्रै आफू डराएर हाम्लाइ सान्त्वना दिएजस्तो गर्थिन्! डर त हुँदो हो नि बाबा।
5
बाबाले कमाएको पैसा झिकेर आमाले चकलेट किन्ने पैसा दिन्थिन्... हामी बाउले भन्दा आमाले माया गर्छिन् भन्थ्यौं! मैले तिम्रो गुन देख्न सकिनँ बाबा।
6
छोरो नबिग्रोस् भनेर तिमीले झपारी झपारी सही बाटोमा ल्याउँथ्यौ... आमाले त केवल स्वान्त्वना मात्रै दिएकी थिइन! मैले तिम्रो गुन देख्न सकिन बाबा।
7
छोरोले विदेशबाट फोन गर्दा पनि उसको पैसा बढी काट्ला भनेर छिटोछिटो सन्चोबिसन्चो सोधेर फोन राख्नुहुन्छ... कुरा गर्ने रहर त हुँदो हो नि बाबा! ;)
8
आमा त दु:ख पर्दा रुन्थिन्, सारीको सप्कोले आँसु पुछ्थिन्, कपाल जगल्टो पारेर मुख लुकाउँथिन्... तिमीलाइ त समाजले त्यो पनि बन्चित गर्यो बाबा!
9
सारा समाज पराइ हुँदा आमाको त माइत जाने विकल्प थियो... तिम्रो त त्यो पनि थिएन! तनाव बिसाउन कतै जाउँ भन्ने रहर त तिम्रो पनि हुँदो हो नि बाबा!
10
तिमीले खर्च जोहो गरिगरि पढायौ... आमाले एकछिन खेल्न जा भन्दा माया देखें, तिम्ले भविष्य बनाउन गरेको मेहनत देख्नसकिन! चित्त दुख्यो होलानि बाबा।
11
तिम्ले मेहनत गर्ने, घर चलाउने... मैले आमाको दुधको भारा मात्रै देख्ने! "दुध निस्कन र हो नत्र त म पनि खुवाउँथें" भन्ने रहर त हुँदो हो नि बाबा।
12
म खसीको मासु खाने जिद्दी गर्थें... पारीपारीसम्म पुगेर भएपनि ल्याउँथ्यौ! मलाइ ह्याँकुलो दिन्थ्यौ, खाने रहर त तिम्लाइ पनि हुँदो हो नि बाबा।
13
तनाव मथ्थर पार्न कहिलेकाहिँ रक्सी खाएर आउँथ्यौ! आमाले "कुक्कुरको झोल खाएर आयो" भन्दै बाँसको चिर्पटले हान्थिन्, तिम्रो व्यथा बुझ्न सकिन बाबा।
14
बाबा! मैले त तिम्रो गुन सम्झिने मात्रै प्रयास गरेको हुँ... आमा आमा भन्दै आर्टिको खेति गर्नेहरु नै बाबाको गुन सम्झंदा उर्लेको देख्यौ नि होइन?
15
तिमीले मेरो लागि त्यत्रो दुख गर्यौ... तर दु:ख पर्दा हरेकपटक "ए आमा" भन्छु। दु:ख पर्दा सुरुमा 'बाबा' सम्झियोस् भन्ने रहर त हुँदो हो नि बाबा!
16
आमाले लसुनबारीमा लगेर नुहाइदिँदा जाडो भएर भाग्न खोज्थें... मलाइ पाखुरामा समातेर ढाड भाँचिने गरि कुट्थिन्। तिम्रो मन भक्कानिदो हो नि बाबा! :)
17
तिम्लाइ घरखर्च जोगाउन गाह्रो थियो... म किष्नेका दोकानमा गएर मनलागी उधारो खान्थें। उधारो ऋण तिर्ने बेला कति गाह्रो भयो होला मैले सोंचिन बाबा।
18
घर मुन्तिरकी रेखासित बिहे गर्दिन्छु भनेर जिस्काउँदा म रोएको थिएँ... साथीले केटी मिलाइदिन्छु भन्दाचाहिँ दंग पर्छु! तिम्रो गुन बुझ्नसकिन बाबा।
19
दिदीले टिकालाएर जम्मा गरेको पैसाले चकलेट किनेर चुंगी लगाइ लगाइ खाँदा मैले टुलुटुलु हेर्थें... ला छोरा "भेली" भएनि खा भनेको बिर्सेकोछैन बाबा।
20
पुराना छालाजुत्तामा फाटेका मोजाले काम चलाउँथ्यौ... मोजाकै भएपनि भकुण्डो खेलोस् भनेर ती पनि त्याग गरेउ हगि! तिम्रो व्यथा बल्ल बुझ्दैछु बाबा।
21
गहुँ छर्दा हिंगा चढ्ने रहर गर्थें... भिरालोमा छोरो लड्ला भनेर दिनभर सम्मो पाटोमा हिंगा लगाउँथ्यौ! भिरालो पाखो छर्ने हतार कहिल्यै गरेनौ बाबा।
22
भन्यो भने गफ गरेजस्तो होला! तर तिमीले मलाइ स्वतन्त्रता पनि दिएका थियौ... जवानीमा रमाइलो गर्नुपर्छ भनेर मेरा साथीका कुनै बाले भनेनन् रे बाबा।
23
साँझ पर्नासाथ भैंसी दुहुन्थ्यौ, आमाले दुध तताएर तरजति मलाइ खनाइदिन्थिन्... तिमी डालाभरि मकै छोडाउन थाल्थ्यौ, एकछिन पनि आराम गरेनौ है बाबा!
24
आमाले आगोको भुग्रो जम्मा गरेर मलाइ सेकाउँथिन्... बचेखुचेको कोइला बटुलेर तिमी तमाखु भर्थ्यौ! तातो कोइलाले तमाखु भर्ने रहर त हुँदो हो नि बाबा।
25
जङ्गलमा बाघ, झाडीमा सर्प, पखेरामा पहिरो! हरेकपल जीवनमरणको सङ्घर्ष चल्थ्यो... आमाले मलाइ एक जन्म दिइन्, तिमीले मलाइ कैयौं मृत्यु जितायौ बाबा।
26
एसएलसी पछि आमाले घरमै बसोस् छोरो भन्ने रहर गर्दा "पढ्नेभए जान्छ नत्र भैंसी किन्दिन्छु" भनी काठमाडौँ धपायौ... त्यो निर्णय दुरदर्शी रहेछ बाबा।
27
भन्यो भने झेल्ला देखिएला! तर बालकविता प्रतियोगितामा तिमीले लेखिदिएकै कविता बाचनले प्रथम भएको थिएँ.. साहित्यमा रुची जगाइदिने तिमी नै हौ बाबा।
28
आमाले मकै पिसाउन मिलमा पठाउँथिन्... घर फर्किन अबेला हुँदा जङ्गलको बाटो छोरो डराउला भन्दै धिमधिमे टर्च बोकेर लिन आउँथ्यौ, माया गर्थ्यौ बाबा।
29
आमाले सानो सानो निहुँमा पनि माइत जाने धम्की देखाउँथिन्, दिदी र म पनि उस्तै पुल्पुलिएका थियौं... चित्त त तिम्रो पनि दुख्यो होला नि बाबा।
30
दिनभरीको लखतरानपछि खाना खाइओरी ओछ्यानमा पल्टिंदै छोरा बिबिसी नेपाली टिपाइदेन भन्थ्यौ... मैले जानाजान "ह्या बाबा, आज सर्टवेबमा" टिपेन भन्थें।
31
तिमीले साधनस्रोत जुटाएर मलाइ हरसम्भव खुशी बनाउने प्रयास गर्यौ... मैले जवानीको आडमा बेतुकका गीतिकथा सुन्ने लोभले समाचारबाट बन्चित गरें बाबा।
32
एकपटक मेरो ओछ्यानमुनि कालो सर्प गुजुल्टिएको थियो। म एकदम तर्सेंथें नि! त्यतिबेला झुम्रो सल्काएर सर्प बाहिर निकालेर मार्यौ... याद छ बाबा सबै।
33
मौरीले घार फुटाउँदा पानी र माटोले हान्थ्यौं, अग्लो फोस्राको टुप्पोमा गएर गोलो लाग्थ्यो... छोराले मह खाओस् भनेरै आफू मौरीको टोकाइ खायौ बाबा!
34
म कहिलेकाहिँ ठुलै गल्ती गर्थें! छोरो ठुलो भएछ, यस्तै गरेसी झन ठुलो भइन्छ भन्दै घुमाउरो गाली गर्थ्यौ... सिस्नोपानीले भन्दा बढी पोल्थ्यो बाबा।
35
दु:ख गरेर हुर्कायौ, सरकारी स्कुलमै भएपनि पढायौ.. कहिलेकाहिँ मुनाका पुरानै अंक भएपनि खोजेर ल्याइदियौ! मेरो पहिलो लाइब्रेरी घर नै थियो बाबा।
36
उबेला अलार्म हुन्थेन केही हुन्थेन, तर पनि हरेकदिन ४ बजे उठेर गोठाल्याइँ गर्थ्यौ... म यहाँ ४ पटक रिपिटेड अलार्म लगाएर पनि उठ्न सक्दिन बाबा।
37
सानोमा बाख्राका पाठा उचालेर मुनुमुनु गर्थें, बारीका डिलतिर लगेर चराउँथें... गाहकीले राम्रै दाम दिँदा पनि मेरै जिद्दीका कारण बेचेनौ है बाबा!
38
मैले गलत बाटो अपनाउँदा सम्झाउँथ्यौ... म चाहिँ "यो उ जमाना होइन, चुप लाग बा" भन्दै आफ्नै सही थाप्थें, अहिले सम्झँदा समेत हीनताबोध हुन्छ बाबा।
39
तिमीलाइ छोराका सबै रहरहरु पुरा गर्न सकिएन भन्ने लाग्दो हो... तर जे जति दियौ पर्याप्त दियौ, केही गुनासो छैन! अब केवल आशिर्वाद दिए पुग्छ बाबा।
40
तिम्ले सुर्ती बनाउन घाममा सुकाएको काँचापात बारीमा हुर्र्याइदिन्थें.. चुरोटको पैसा जोगाइ मेरो पढाइमा लगाउन खोजेका रहेछौ बाबा, बुझिन त्योबेला।
41
तिम्ले भलीबल नकिन्दिँदा "घर छोडें" भन्दै बारीमा गएर दिनभरि मकैडाँठको थुप्रोमा लुकेको थिएँ.. पुरै गाउँ खोज्यौ तर भेटाएनौ, कति सताएँ है बाबा!
42
रुखका टोड्काहरुमा हात छिराउँदै चराका फुल फुटाल्थें.. आमाले खुब सम्झाइन् अटेर गरें! तर तिम्ले सर्पले टोक्च अनि थाहा पाउँछ भनेसी मानेथें बाबा।
43
सानोमा दाँत हल्लिन्थे, हल्लेका दाँत चामलका बोराको धागोले बाँधेर फुकाल्दिन्थ्यौ.. छोरोलाइ नदुखोस् भनेर क्लिनिक लैजाने रहर त हुँदो हो नि बाबा!
44
म मुनुमुनु भन्दै बाख्राका पाठासित खेल्नमा मस्त हुन्थें... उता बाख्राले मेरा नयाँ कापी जति खर्लप्पै खाइदिन्थ्यो। खर्चमाथि खर्च थपें है बाबा!
45
बाबा तिमीबाट मैले जिम्मेवारी के हो भनेर सिकें, सिक्दैछु र अझै सिक्नुछ! सायद सिकेर सकिन्न पनि... तरपनि एक असल बाबा बन्ने प्रयत्न सधै गर्नेछु।
46
जे नगर भन्यो त्यही गरें... दिनभर काम न काजसित पोथ्रा छिनाल्दै हिँड्थें। भर्खर आरान लगाएको खुर्पा भाँचेर घर फर्किंदा पनि केही भनेनौ है बाबा!
47
बिहेको निम्तो तिमीलाइ मात्रै हुन्थ्यो, म पछि पछि लाग्थें... ठुलै भैसक्दा समेत पछि लाग्न छोडिन। कस्तो कस्तो त तिमीलाइ पनि हुँदो हो है बाबा!
48
मलाइ एकदिन ननुहाउँदा त साथीहरु पसिना गनाइस् भन्दै खिन्न पार्छन्... दशैँ मान्न गाउँ गएका आफ्नै भाइले गोबर गनायौ दाइ भन्दा कसरि सहन्थ्यौ बाबा!
49
तिमी शहर आउँदा आमालाइ कुरौनी घोट्न लगाएर ल्याइदिन्थ्यौ.. म गाउँ छँदा पूजाकोठा सफा गर्न गाइको गोबर ल्याइदे भन्दा पनि मानिन! पछुतो लाग्छ बाबा।
50
झुस नपुछि काँचा आरु टोक्थें... राति पेट दुखेर रुँदा अँध्यारोमा छामछाम छुमछुम गर्दै टुकी सल्काउँथ्यौ। अहिले खाने मान्छे समेत छैनन् है बाबा!
Actions
What You Can Do
  • Export as PDF or Markdown
  • Batch Export to Notion
  • Bookmark & Highlight
  • Screenshot Tweet
Create Free Account

Includes 7-day Premium trial

Advertisement